दफा
शेयरधनीहरुको सङ्ख्या
: (१) प्राइभेट कम्पनीको शेयरधनीहरुको सङ्ख्या एकसय एक भन्दाबढी हुनु हुँदैन ।
(१क) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानून बमोजिम दर्ता भर्इ सञ्चालित यातायात व्यवसायी समितिमा आबद्ध यातायात व्यवसायीहरू मिली प्राईभेट कम्पनी संस्थापना गरी यातायात व्यवसाय सञ्चालन गर्न यो उपदफा प्रारम्भ भएको मितिले तीन महिनाभित्र निवेदन दिएमा उपदफा (१) मा लेखिएभन्दा बढी शेयर धनी सङ्ख्या भए पनि त्यस्तो प्रार्इभेट कम्पनी दर्ता गर्न बाधा पर्ने छैन।
(२) दफा ३ को उपदफा (२) को प्रतिबन्धात्मक वाक्यांशको अधीनमा रही पब्लिक कम्पनीको शेयरधनीहरुको सङ्ख्या कम्तीमा सातजना र बढीमा जतिसुकै पनि हुन सक्नेछ ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कर्मचारीहरुलाई शेयर बिक्री गर्ने
योजना अन्तर्गत कम्पनीको शेयर खरिद गरेका कर्मचारी वा त्यस्तो योजना अन्तर्गत शेयर खरिद
गरिसकेका तर तत्काल कम्पनीको सेवामा नरहेका कर्मचारीलाई शेयरधनीको रुपमा गणना गरिने
छैन ।